प्रजिअ रेग्मीलाई सुर्खेतमा स्वागत
सुर्खेत ।
केही दिन अघि मात्रै सरुवा भई सुर्खेत आएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई वीरेन्द्रनगर नगरपालिकाले स्वागत गरेको छ । आइतबार नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकाल तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको हो ।
यसैगरि सुर्खेत उद्योग वाणिज्य संघले पनि उनलाई स्वागत गरेको छ ।

नगरपालिकाका सबै सदस्यहरुको उपस्थितिमा परिचयात्मक तथा छलफल कार्यक्रम गरिएको नगरपालिकाले जानकारी दिएको छ । यस अघि जेठ १९ गते गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सुर्खेत सरुवा गरेको थियो ।
सुर्खेतका स्थानीय रेग्मीले यस अघि जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारीको रुपमा समेत कार्य संचालन गरिसकेका छन् । स्थानीय भएकोले पनि उनी सुर्खेत आउँदा उनले धेरै कुरामा परिवर्तन गर्न सक्ने स्थानीयले आशा गरेका छन् । सुर्खेती जनताको आशा कति पूरा हुन्छन कति हुँदैनन् त्यो त समयले नै बताउँला ।






