Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

सुर्खेत ।
कालिकोटमा भएको टिप्पर दुर्घटनामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शोक विज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भएको उक्त दुर्घटनावाट भएको मानवीय क्षतिप्रति आफू निकै स्तव्ध भएको शोक वक्तव्यमा उल्लेख छ ।

उक्त दुर्घटनामा निधन हुनुभएका सवैप्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् । गर्नुभएको छ । दुर्घटनाका कारण सम्वन्धित घरपरिवारमा पर्नगएको पिडाप्रति सहानुभुति प्रकट गर्नुको साथै दुर्घटनामा परि घाईते हुनुभएका सवैको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै मुख्यमन्त्री शाहीले अकल्पनीय र पिडादायी दुर्घटनामा घाईतेहरुको उपचारको लागि हेलीकोप्टर मार्फत उद्धार गर्न र वेपत्ताहरुको खोजीकार्यको लागि आवश्यक व्यवस्था मिलाउनुको साथै सम्वन्धित निकायलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्रीले घाईतेहरुको प्रभावकारी उपचार व्यवस्था मिलाईने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

जिल्लाको लालीघाटबाट रास्कोट जाँदै गरेको ३९ जना सवार टिप्पर दुर्घटना हुँदा अहिलेसम्म २ जनाको दुखद निधन भएको, ६ जना वेपत्ता रहेको, ४ जना गम्भीर घाईते रहेको र २७ जना सकुशल सम्पर्कमा आएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार धुब्रविक्रम बुढाथोकीले जनाएका छन् ।

भारतबाट फर्किएकाहरुलाई लिएर क्वारेन्टाइन तर्फ जाँदे गरेको टिपर कालिकोट जिल्ला सान्नीत्रिवेणी गाउँपालिका वडा नं. १ मा सडक दुर्घटना भएको थियो । उनीहरूलाई जितेबाट रासकोटतिर क्वारन्टीनमा राख्न लगिँदै गरेको बुझिएको छ । उद्धारको लागि नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ । नदीमा खसेकाहरूको उद्धार कार्य भइरहेको छ ।