राप्रपा अछामद्वारा प्रजिअ मार्फत प्रमलाई ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति अछामले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाइ ज्ञापन पत्र बुझाएको छ ।
राप्रपा जिल्ला कार्य समिति अछामका अध्यक्ष मिन बहादुर शाहीद्वारा आज सो ज्ञापनपत्र बुझाइएको हो ।
शाहीद्वारा हस्ताक्षेरित ज्ञापन पत्रमा भारत सरकारले नेपालको भूमि गर्दै मानसरोवर जाेड्ने सडक उद्घाटन गरेको घटनाप्रति राप्रपा अछाम प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकाे भूमी भएको भन्दै भारत सरकारको मिचाह र हेपाह कदम राष्ट्रियता माथिको प्रहार भएको बताइएको छ । ‘भारतको उक्त आपतिजनक कार्य अबिलम्ब फिर्ता लनि अनुरोध गर्दछौं ।’अध्यक्ष शाहीद्वारा हस्ताक्षेरित ज्ञापन पत्रमा भनिएको छ ।
साथै सोही ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको निमित्त नेपालीहरु सचेत छन् । सरकार अविलम्ब कुटनितिक पहल गरोस र शसक्त प्रभावकारी कदम चालोस । आवश्यक्ता अनुसार यो महत्वपूर्ण र संवेदनशील विषयलाई अन्तराष्ट्रियकरण गरि अघि बढाइयोस भन्दै राप्रपा अछाम जोडदार माग गर्दछ ।’







