कर्णालीमा ८३ थपिए, ८२ घर गए
सुर्खेत ।
कर्णाली प्रदेशसँगै देशभर कोरोना संक्रमित हुनेको संख्या दिनानुदिन बढिरहेको छ ।
आजमात्र कर्णालीमा ८३जना संक्रमित थपिएका हुन ।
नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या कर्णालीमा ८४६ पुगेको हो । साथै यस भाइरसबाट आजसम्म कर्णालीमा ८२ जनाले जिति घर फर्किएका छन भने ३ जनाले ज्यान गुमाइ सकेका छन् ।
प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेशष प्रयोगाशाला सुर्खेतमा गरिएको परिक्षणमा सो संख्या थपिएको जनाएको हो ।
शुक्रबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ ।
कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ ।
पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
शुक्रबार सुर्खेतका ४५ जना, दैलेखका ३८ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ८३ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गरिएको हो ।
यस्तै शुक्रबार नेपालभर थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।
शुक्रबार पुष्टि भएको कोरोना संक्रमितको संख्या नेपालमा २४ घण्टाभित्र देखिएको सबैभन्दा बढी हो ।








