Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

अछाममा काेभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ५१ पुग्याे

असार ४, २०७७ बिहिबार ।

अछाममा बिहीबार एकै दिन २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै अछाम जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ ।

अछामको साँफेबगर नगरपालिकाका ६ जना र मेल्लेख गाउँपालिकाका २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाण्डौको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा सङ्क्रमण पुष्टि भएको अछाम अस्पतालका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

अहिलेसम्म अछाम जिल्लाका ५१ सङ्क्रमितमध्ये सात जना निको भएर घर फर्किसकेका छन् ।।