Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

घरधनीलाई चिठी पठाउने अभियान

सुर्खेत
सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी, व्यापारी, व्यवसायीहरुको बन्दाबन्दी अवधिको घर भाडा मिनाहा गरिदिन आग्रह गर्दै प्रत्येक घरधनीलाई चिठ्ठी पठाउने अभियान शुरु गर्ने भएको छ ।

बन्दाबन्दीमा करिव ३ महिनासम्म ठप्प रहेका कारण व्यापार व्यवसाय चौपट हुने र व्यापारी सडकमा आउने अवस्था भएको भन्दै संघले यस्तो अभियान शुरु गर्न लागेको हो ।

व्यापार चलेका बेला नियमित रुपमा भाडा तिर्दै आएका व्यापारीको अहिलेको बाध्यात्मक स्थितिलाई बुझेर मानवीय नाताले भाडा छुट दिन औपचारिक रुपमै चिठ्ठी पठाएर आग्रह गर्न लागिएको महासचिव लक्ष्मण कंडेलले बताउनुभयो ।

घरधनी र व्यापारी एकअर्काका परिपूरक भएकै कारणपनि व्यहारिक रुपले मात्र नभई मानवीय नाताले पनि यस्तो कठिन अवस्थामा हृदय ठूलो बनाउन आग्रह गर्न लागिएको उहाँको भनाई छ ।

घरजग्गाको भाडा मिनाहा गर्ने सम्बन्धित धनीलाई कर तथा बैंक ब्याज छुट दिनका लागि पनि संघले दबावमूलक अभियान र पैरवी गर्दै आइरहेको उहाँको जिकिर छ ।

संघले संस्थागत रुपमा तयार पारेको पत्र सम्बन्धित व्यापारीले लिएर आप्mना घरधनीलाई दिन चाहे दिनसक्ने जानकारी पनि उहाँले दिनुभयो ।

संघले आप्mनो भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुलाई बन्दाबन्दी अवधिको ३ महिनाको भाडामा एकमुष्ट ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको छ ।

बैंकब्याज र घरभाडा मिनाहाको माग गर्दै संघले प्रदेश सरकारदेखि संघीय सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि शान्तिपूर्ण जुलुश प्रदर्शनसमेत गरिसकेको छ ।