धान दिवसमा कर्णालीमा सार्वजनिक विदा
सुर्खेत |
धान दिवस अर्थात् असार १५ का दिन कर्णाली प्रदेशका ९ जिल्लामा सार्वजनिक विदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै कर्णाली प्रदेशका जुम्ला बाहेकका अन्य ९ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको विज्ञप्तिमा कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको यही असार १२ गतेको बैठकको निर्णय बमोजिम धान दिवसका दिन सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
धान दिवसमा सार्वजनिक विदा हुने भएपछि सरकारी कर्मचारीदेखि सबै धान दिवस मनाउन पाउने छन् । तर यो वर्ष कोरोनाको कहरको कारण गतवर्षहरु झैँ धान दिवसका औपचारिक कार्यक्रम हुने नहुने निश्चित छैन ।






