Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध

दैलेख ।

शनिबारदेखि लगातारको बर्षातले कर्णाली राजमार्गमा यातायात अवरुद्ध भएको छ । बर्षात संगै आएको पहिरोले कर्णाली राजमार्ग दैलेख सडकखण्डको जाक्सीमा पहिरो गई राजमार्ग अवरुद्ध भएको हो ।

दैलेख सडकखण्डको आठविस नगरपालिका ३ जाक्सी खोलामा पहिरो जाँदा सडक बन्द भएको स्थानीयले बताएका छन् । सडक बन्द हुँदा खाद्यान्न बोकेर बोकेर कालिकोट, जुम्ला जाने यातायातका साधन अलपत्र परेका छन् । राजमार्गबाटै निर्माण गरिएको सहायक सडकका कारण पहिरो गएको जाक्सीका स्थानीयबासीको भनाई छ ।

पहिरोले राजमार्ग पुरिएपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । पहिरोले सडक अवरुद्ध भई मालबाहक गाडीहरु रोकिएका छन् । पहिरो पन्छाउन कुनै पहल नभएको स्थानीय बासिन्दाले बताए ।

नयाँ सहर आयोजना राकम कर्णालीले निर्माण गरेको जाक्सी जिरो पोइन्टदेखि तिलेपाटा क्याम्पस हुँदै सिगौडी जाने सडक खन्दा पहिरो गएको हो ।