Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

प्रविधिमैत्री बालविकासको योजना

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ ले बालविकासलाई प्रविधिमैत्री बनाउन थालेको छ । जसका लागि वडा कायाल्यले चालु आ.व. को बजेटबाट ५ धान ल्यापटप वितरण गरेको छ । ल्यापटप प्राप्त गरेपश्चात बालविकासमा आउने बालबालिकाहरुलाई कम्प्यूटरका बारेमा प्रत्यक्ष जानकारी दिन सकिने, कम्प्यूटरबाट उनीहरुलाई विभिन्न खेलहरु देखाउन सकिने लगायत प्रविधिसँग सम्बन्धीत कार्यहरुको बारेमा वर्णन गर्न सकिने वडा अध्यक्ष लोकप्रसाद चालिसेले बताए ।

अबको युग भनेको प्रविधिको युग भएकोले प्रविधिको विकास विना अरु विकास गर्न असम्भव जस्तै भएको अवस्थामा बालबालिकाहरुलाई कलिलै उमेरबाट प्रविधिसँग परिचत गराउनका लागि पनि यो कार्य आवश्यक रहेको वडा सचिव उत्तम अधिकारीले बताए ।

वडा नं. १२ भित्र रहेका ५ वटै बालविकास केन्द्रहरुलाई ल्यापटप वितरण गरिएको छ । ल्यापटप पाइसकेपछि बालविकास केन्द्रका बालबालिकाहरुले पनि कम्प्यूटर र प्रविधिको बारेमा जानकारी पाउने, उनीहरुले कथा, कविता तथा मनोरञ्जनात्मक खुराकहरु पाउने, उनीहरुकै क्रियाकलापलाई कम्प्यूटरबाट देखाउने लगायतका काम गरिने जन जागृत प्रा.वि. पदमपुरका बालविकास शिक्षिका गीता बटालाले बताइन । उनले भनिन् ‘हामीले बालविकास शिशिक्षकाहरु समेत प्रविधिबाट बञ्चित जस्तै भएको अवस्थामा वडा कार्यालयले गरेको प्रविधिमैत्री कार्य प्रशंसनीय छ ।