अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए
- 1.9Kshares
- Viber
- Facebook Messenger
नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् ।
काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैलाई राम्रो हुन्छ भन्ने महशुश भएपछि बिहे गर्ने निर्णय गरेका हुन् ।
अवस्था सामान्य भएपछि चलचित्रकर्मी र आफन्तका लागि बिहेको पार्टी दिने वा सामाजिक कार्य गर्ने भन्ने बिषयमा आफूहरुले छलफल गर्ने अर्जुनले बताए ।
पछिल्लो केही बर्षयता नेपाली चलचित्रको संगीतमा अर्जुन सफल छन् । उनले तयार पारेका ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत चलचित्रका गीत सर्वाधिक सफल मानिन्छन् ।
अर्जुनका धेरै गीतमा दुर्गा खरेलको आवाज समावेश छ । दुर्गा पनि सांगीतिक दुनियाँमा सफल गायिकाको रुपमा स्थापित छिन् । अर्जुन र दुर्गालाई बैबाहिक जीवनको शुभकामना ।
- Total: 1.9K
- Viber
- Facebook Messenger