Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

कोरोना संक्रमणबाट थप एकको मृत्यु

 गोरखा ।

कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट गोरखामा एक पुरुषको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको आज बिहान ५ः०५ बजे निधन भएको गोरखा अस्पतालका डा। मविन थापाले जानकारी दिए ।

उनी हिजो राति ९ः५५ बजे अस्पताल भर्ना भएका थिए । उनी डायविटिज रोगी रहेको समेत अस्पतालले जनाएको छ ।

उनी कतारबाट फर्किएका र परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । अहिले उनको अन्त्येष्टिका लागि आवश्यक तयारी भइरहेको छ ।