Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

प्रतिक्षालयमा रंगरोगन

२० असार, सुर्खेत ।

सुर्खेत महिला जेसीजले आज वीरेन्द्रनगरको भेरी पूलमा रहेको प्रतिक्षालयमा रंगरोगन गरेको छ ।
सुर्खेत महिला जेसीजका संस्थापक कार्यकारिणी उपाध्यक्ष स्व। तुलसी थापाको सम्झनामा भेरी नदी पूल नजिकै रहेको प्रतिक्षालयमा रंगरोगन गरेको बर्ष २०२० का अध्यक्ष प्रमी शाक्य खड्काले बताउनुभयो ।

सुर्खेत महिला जेसीजबाट हामीले हाम्रा संस्थापक कार्यकारिणी उपाध्यक्ष स्व. तुलसी थापाको बार्षिक पुण्यतिथीमा बैशाखको महिनामा कुनै न कुनै कार्यक्रम गर्ने गरेका थियौं तर यसपटक विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ को कारणले केही समयपछि हामीले स्व. थापाका श्रीमान् स्व. विष्णु थापाको सम्झनामा निर्मित प्रतिक्षालयको यसपटक रंगरोगन गरेका छौं यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महिला जेसीका सदस्यहरुलाई म धन्यवाद व्यक्त गर्दछु ।अध्यक्ष शाक्यले भन्नुभयो ।

सुर्खेत महिला जेसीज बर्ष २०२० को नारा महिला शक्ति, राष्ट्रको विकास लाई आत्मसाथ गर्दै कार्यकारिणी उपाध्यक्ष लक्ष्मी गुरुङ्ग, उपाध्यक्ष सिता भण्डारी महासचिव मनिषा कौशल सदस्य कमला बस्याल सहित हामी ५ जना महिला मिलेर रंगरोगन गरेको बर्ष २०२० का अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

स्मरण रहोस यस प्रतिक्षालयमा विषेश गरेर भेरीमा दाहासंस्कार गरेर फर्किने मलामीहरुकालागि खाजा खुवाउने गरिन्छ ।