पहिराे पिडित परिवारलाई नेपाली काङ्ग्रेसकाे सहयोग
सुर्खेत ।
नेपाली काङ्ग्रेस पञ्चपुरी नगर कार्य समितिले पहिराेमा परी ज्यान गुमाएका परिवारलाई राहत रकम सहयोग गरेकाे छ । गत असार १४ गते राति खमारी खोला लघु जलविद्युत आयोजनाको पावर हाउसमा आएको पहिरोमा पुरीएर मृत्युु भएकी नन्दा पुलामिका श्रीमान डम्बर पुलामि लाई नगद १९ हजार १ सय सहयोग गरिएको नेपाली काङ्ग्रेस पञ्चपुरी नगरकार्य समिति सचिव प्रेम बिष्टले जानकारी दिनुभएको छ । नेपाली काङ्ग्रेस पन्चपुरी का कार्यकर्ता द्दारा संकलन गरिएकाे राहत रकम घरमै पुगेर नेपाली काङ्ग्रेस नगर कार्यसमिति का सभापति नरेन्द्र बहादुर शाहीले हस्तान्तरण गर्नुभएको छ ।

१० अाै दिनकाे पुण्य तिथिमा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति लालबिर भण्डारी, सुर्खेत क्षेत्र नं २ ख का सभापति कृपाराम थापा, ट्रेड युनियन काङ्ग्रेस कर्णाली प्रदेशका सदस्य नारायण खरेल, खमारीखाेला लघुजलबिधुत अायाेजनाका संस्थापक अध्यक्ष केशवराज पाठक, पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापा, वडा नं ६ का अध्यक्ष खड्कबहादुर थापा, नेपाली काङ्ग्रेस पञ्चपुरी नगरकार्य समिति सचिव प्रेम बिष्ट, काेषाध्यक्ष बीरबहादुर शाही लगाएतका नेपाली काङ्ग्रेस का नेता कार्यकर्ताले श्रद्धाञ्जली समेत ब्यक्त गर्नुभएको छ ।
पञ्चपुरीबाट अमर कार्कीको सहयोगमा






