कर्णाली प्रदेश अस्पतालका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
सुर्खेत
कर्णाली प्रदेश अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार २ जना मेडिकल अफिसर, १ जना स्टार्फ नर्स र १ जना सिनियर अहेबमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना विशेष अस्पतालमा २ हप्ते ड्युटी सकेर १४ दिन क्वारेन्टीनमा बसेकाहरूमा कोरोना संक्रमण पुष्टि भएको डा. खड्काले बताए ।
संक्रमण देखिएपछि स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । यसअघि पनि असार ११ गते २ जना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । उनीहरू आइतवार मात्रै डिस्चार्ज भएका थिए ।
यस अघि २ जना चिकित्सक र ७ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । तर उनीहरु सञ्चो भइसकेका छन् ।






