जाजरकोटको बारेकोटमा पहिरो ३ जनाको शव भेटियो, ९ जना बेपत्ता
जाजरकोट |
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. चारको बोहोरा गाउँमा बिहीवार राति गएको पहिरोमा परि ३ जनाले ज्यान गुमाएका छन् भने ९ जना बेपत्ता भएका छन् ।
बोहोरा गाउँमा बस्दै आइरहेका ६ जना सार्की परिवारको घरलाई पहिरोले पुरेको प्रदेश सभा सदस्य कृष्णा शाहले बताइन् ।
‘हालसम्म ३ जनाको शव फेला परेको छ । ९ जना बेपत्ता हुनुहुन्छ,’ उनले भनिन्, ‘अहिले जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी घटनास्थलतर्फ गइरहेको छ । इलाका प्रहरी कार्यालय, स्थानीयहरुको सहयोगमा अहिले उद्धार कार्य जारी छ ।’
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पनि ३ जनाको शव फेला परेको बताए । ‘तीन जनाको शव फेला परेको खबर पाएको छु । अन्य बेपत्ता हुनुहुन्छ । फोन सम्पर्क हुन नसकेका कारण घटनाको पूर्ण विवरण आइसकेको छैन,’ उनले भने, ‘घटनास्थलतर्फ उद्धार टोली परिचालन भइसकेको छ ।






