Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

कर्णालीमा कोरोना संक्रमित थपिए २७, डिस्चार्ज भए २६

सुर्खेत ।

पछिल्लो २४ घण्टामा कर्णालीमाथप २७जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सरकार सामाजिकविकास मन्त्रालय स्वास्थ्य सेवामहाशाखाकाअनुसार राष्ट्रिय जनस्वास्थ्यप्रयोगशाला टेकु काठमाडौँमागरिएको परिक्षणमा ११ जना, दैलेख अस्पतालमा गरिएको परिक्षणमा १० जना र प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोशालामागरिएको परिक्षणमा ६ जनामा कोरोना  भाइरसको संक्रमण  देखिएको हो ।

महाशाखाप्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीकाअनुसार संक्रमितमध्ये सुर्खेतका ११ जना, सल्यानका १० जना, जाजरकोट र दैलेखका समान २÷२ जना र डोल्पा, बाजुरामा समान १/१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको  हो । यो संगै कर्णालीमाकुल संक्रमितको संख्या १५ सय ८८ पुगेको छ ।

२६ जना डिस्चार्ज
शुक्रबार मात्रै कर्णालीकाथप २६ जनाउपचार पछि डिस्चार्ज भएका छन् । महाशाखाप्रमुख डाक्टर तिवारीकाअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट २५ जना र दुल्लु अस्पताल दैलेखबाट १ जना डिस्चार्ज भएकाहुन ।

यो संगै कर्णालीकाउपचार पछि डिस्चार्ज हुनेको संख्या १३ सय ४७पुगेको छ । हाल सम्म २ सय ३५ जना बिरामीको उपचार  भइरहेको छ । ६ जनाले ज्यानगुमाएका छन् ।