Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

सुर्खेत महिला जेसीजद्वारा रक्तदान

सर्वाधिक रक्तदान गर्ने शाक्य सम्मानित

सुर्खेत ।

सुर्खेत महिला जेसीजले आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारको स्थानीय पिपल चौतारीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । महिला जेसीजले सुर्खेतमा अहिले अत्याधिक मात्रामा रगतको खपत भैरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक मिना गुरुङ्गले जानकारी दिनुभयो ।

कार्यक्रममा सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्य (खड्का)ले कर्णाली प्रदेशमा सर्वाधिक रक्तदान (६६ पटक) गर्ने प्रवाशकुमार शाक्यलाई सम्मान गर्दै रक्तदान जस्तो पवित्र पुण्यकार्यमा लाग्न सम्पूर्ण यूवालाई अनुरोध गर्नुभएको थियो । उहाँले भन्नुभयो “यो महान कार्यमा सदैब सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी प्रति पनि आभारी छु ।”

त्यस्तै कार्यक्रममा प्रमुख अतिथी सुर्खेत महिला जेसीज बर्ष २०१५ का अध्यक्ष सुस्मा गिरी, वीरेन्द्रनगर जेसीज बर्ष २०१२ का अध्यक्ष भद्र भण्डारी तथा बर्ष २०२० शिवराज घिमिरेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले रक्तदान गरेर शुरु गरिएको कार्यक्रममा २ महिला सहित २१ जनाले रक्तदान गर्नुभएको सुर्खेत महिला जेसीज बर्ष २०२० का महासचिव मनिषा कौशलले जानकारी दिनुभयो ।