Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

प्रदेश अस्पतालमा पहिलो पटक फिस्टुला राखियो

सुर्खेत ।
स्थापना भएको पहिलो पटक कर्णाली प्रदेश अस्पतालमै फिस्टुला राखिएको छ । वीरेन्द्रनगर १  का रामबहादुर खत्रीको दुबै मृगौलाले काम गर्न छोडेपछि उहाँको शरिरमा फिस्टुरा राखिएको प्रदेश अस्पताल सर्जरी टिमले जनाएको छ ।

सफलता पूर्वक फिस्टुला राखेपछि डाक्टरका साथमा विरामी रामबहादुर खत्री

लगातार ३ घण्टाको समय लगाएर पहिलो पटक फिस्टुरा राख्ने सेवा दिन सकेकोमा खुसी लागेको बताउँदै प्र्रदेश अस्पतालमै पहिलो पटक यो कार्य गरिएको हो । सर्जरी टिममा डा. गणेश थापा, डा. सुजन श्रेष्ठ र डा. निर्मल रसाइली रहनु भएको अस्पतालले जनाएको छ ।

मृगौला रोगीको दुबै मृगौलाले काम गर्न छोडेपछिको चरणमा यो उपकरण राख्ने गरिन्छ । प्रदेश अस्पतालले नै यस्तो सेवा दिएपछि विरामीलाई आर्थिक भार समेत कम परेको छ । काठमाडौं वा अन्य ठाउँमा जानु परेको भए करिब १ लाख भन्दा बढि खर्च हुने थियो भने प्रदेश अस्पतालले यही फिस्टुला राख्ने कार्य गरेकोले करिब ९० प्रतिशत सस्तो पर्न गएको विरामीका आफन्तले बताउनु भयो ।