Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

प्रदेश अस्पतालको सफलता

जिल्ला अस्पतालबाट सुरु भएर मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै वर्तमानमा कर्णाली प्रदेश अस्पताल बनेको सुर्खेतको अस्पतालले एक पछि अर्को सफलता प्राप्त गर्दै आइरहेको छ । कुनै समयमा स्रोत साधनको अभावमा पिल्सिएको अस्पताल पछिल्लो समयमा केही स्रोत साधन जुटाउँदै गएको छ भने भौतिक विकासमा समेत अगाडि बढिरहेको छ । कर्णाली प्रदेशमा रहेका विरामीहरुको आशाको केन्द्रको रुपमा रहेको अस्पतालले सेवाहरु विस्तार गर्दै गइरहेको सेवाग्राहीहरु समेत खुसी हुन थालेका छन् । कुनै समयमा स–साना रोगहरुको निवारणको लागि समेत नेपालगञ्ज तथा काठमाडौंमा विरामीहरु रेफर गर्नु पर्ने बाध्यात्मक स्थिति थियो भने पछिल्लो समयमा त्यस्तो बाध्यता हटेको छ । जटिल केशहरु समेत प्रदेश अस्पतालबाट सेवा पाउन थालेपछि सेवाग्राहीहरुले महंगो उपचारका लागि भौतारिने पर्ने अवस्थामा कमी आएको छ ।

विश्वमा फैलिएको कोरोना महामारीका बेलामा समेत कटिवद्ध भएर उपचारमा लागिरहेका स्वास्थ्यकर्मीहरुले समेत सफलता प्राप्त गरेका छन् । आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखेर विरामीको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीहरुका कारण पनि विरामीहरुको मनोबल बढ्ने गरेको छ ।

प्रदेश अस्पतालमै डायलाइसिस सेवा प्रदान भइरहेको छ भने मृगौला रोगीहरुका लागि फिस्टुला राख्ने काम समेत सफलता पूर्वक गरेको छ । जसले गर्दा विरामीहरुले सेवा पाइरहेका छन् भने अर्कोतर्फ स्रोत साधनमा समेत अस्पताल परिपक्व हुँदै गइरहेको स्पष्ट हुन्छ ।