गजल – अनुषा गौतम `शिखा´

अधुरा यी रहरहरु ,छल्किएको जीवन प्यारो।
वेला हुदाहुदै पनि , ढल्किएको जीवन प्यारो।
मोती बनी सागरमा , पुग्नेल रहर लिई जाँदा
शितरा भइ बगरमा , टल्किएको जीवन प्यारो।
चिसोले कठ्याङ्ग्रिएको , मन अगेनो छेउ पुग्दा
उछिट्टिर फिलिङ्गोले , सल्किएको जीवन प्यारो।
सिपालु छन् योद्धा सबै ,मुटु निशान बबनाउने
चोट लाग्दा पनि हाँस्न ,पल्किएको जीवन प्यारो।
मर्नु बाँच्नु परि प्रेमिले,जिउँदो लास तुल्याइ गयो
वर्वादिको मीठो याद , झल्किएको जीवन प्यारो।
बर्दिया








