Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

सुर्खेत ।
कालिकोटमा गए राती आएको पहिरोमा परेर ज्यान गु्माउनेहरु प्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव खेमराज सिंहले प्रकाशित गरेको विज्ञप्तिको पूर्ण भाग:

गएराती कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. ३ नकुगाउँमा गएको पहिरोमा परी भएको मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीज्यूले गहिरो दुख व्यक्त गर्नुभएको छ । उक्त पहिरोका कारण वडा सदस्य रजवहादुर बिष्टको घर पुरीएर ६ जनाको दुखद निधन भएको र नरहरीनाथ गाउँपालिका वडा नं. १ धारीमा गएको पहिरोमा परी २ जना घाईते भएको घटनाले माननीय मुख्यमन्त्रीज्यू स्तव्ध हुनुहुन्छ ।

माननीय मुख्यमन्त्रीज्यूले उक्त प्राकृतिक विपद्का कारण निधन हुनुभएका सवैप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । यसबाट सम्वन्धित घरपरिवारमा पर्नगएको पीडाप्रति माननीय मुख्यमन्त्रीज्यूले सहानुभुति प्रकट गर्नुको साथै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

विपद प्रभावित परिवारहरुको लागि राहात, वसोवास तथा घाईतेहरुको उपचारका लागि माननीय मुख्यमन्त्रीज्यूवाट आवश्यक व्यवस्था मिलाउनुको साथै सम्वन्धित निकायलाई निर्देशन भईसकेको छ ।

विपद्मा परेकाहरुको उद्धार तथा घाईतेहरुको उपचारमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासी एवं सुचना संप्रेशन गर्ने संचारकर्मीहरुलाई माननीय मुख्यमन्त्रीज्यूले धन्यवाद दिनुभएको छ ।

२०७७ साउन ३० गते

आज्ञाले,
………………….
खेमवहादुर सिंह
माननीय मुख्यमन्त्रीज्यूको प्रमुख स्वकिय सचिव
कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेत ।