Loading... आजः ७ बैशाख २०८३, सोमबार । Monday 20th April 2026
ताजा खबर
  

डा. केसी सत्याग्रहमा बस्दै

सुर्खेत ।
स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि अभियान थालेका डा. गोविन्द केसीले भदौ ११ गतेदेखि सत्याग्रह बस्ने भएका छन् । उनले सरकार समक्ष राखेका तीन बुदे माग पूरा नभएमा भदौ ११ गतेदेखि सत्याग्रहमा बस्ने बताएका हुन् ।


सत्याग्रह कहाँ बस्ने भन्ने बारेमा भने उनले केही खुलाएनन् । उनले भने, ‘सत्याग्रह कहाँ बस्ने भन्ने बारे अहिले भन्न मिल्दैन् । सत्याग्रह कहाँ बस्ने भन्ने अधिकार मेरो हो । अहिले भन्दैन् । बसेपछि थाहा पाइहाल्नुहुन्छ नी’ उनले भने ।

डा. केसीले कर्णाली प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकिराखेको आरोप लगाएका छन् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिघ्र पुर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन शुरु गर्नु पर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने,२०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नु पर्ने, चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने माग राखेका छन् ।