Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

सल्यानमा समुदायमै फैलियो कोरोना

सल्यान |

सल्यानमा पनि समुदायस्तरमै कोरोना भाइरस फैलिएको छ। जिल्लाको छत्रेश्‍वरी गाउँपालिका-५ मा पहिलो पटक ट्राभल हिस्ट्री नभएका एक जनामा कोरोना पुष्टि भएको हो।

समुदायमा कोरोना संक्रमण देखिएपछि छत्रेश्‍वरी गाउँपालिकाले वडा न ५ सिल गरेको छ। शनिबार बिहान ५ बजेदेखि भदौ २७ गते राती १२ बजेसम्मको लागि वडा सिल गरिएको हो। संक्रमित व्यक्तिको सम्पर्कका आएका व्यक्तिहरुको खोजी गर्न वडा सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए।

वडा नं. ५ का सबै क्षेत्रहरुमा अत्यावश्यक सेवा र साधनहरु बाहेकका सम्पूर्ण सवारी साधन, र पसल-व्यवसाय सञ्चालन तथा हिँडडुल समेत पूर्ण निषेध गरिएको गाउँपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

सल्यानमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ। संक्रमितमध्ये २ सय ५७ जना निको भएर घर फर्किसकेका छन्।  समुदायमा कोरोना फैलिएपछि छत्रेश्‍वरी गाउँपालिकाले जारी गरेको सूचना :