Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

नागरिकताका लागि बार मिलाउँदै काम गर्दै दैलेख प्रशासन

सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय दैलेखले बार अनुसार स्थानीय तहका कामहरु गर्ने भएको छ । कोरोना महामारीको संक्रमण हुन नदिन सामाजिक तथा भौतिक दुरी कायम गर्नुपर्ने अवस्था आएको बताउँदै जिल्ला प्रशासन कार्यालय दैलेखले भीडभाड हुन नदिनका लागि बार अनुसार स्थानीय तहका कामहरु गर्ने भएको हो ।

जस अनुसार नागरिकताको प्रमाण पत्र दिन वा प्रतिलिपीका लागि आइतबार नारायण नगरपालिका, सोमबार महाबु गाउँपालिका, मंगलबार नौमुले गाउँपालिका, बुधबार डुङ्गेश्वर गाउँपालिका, बिहीबार गुराँस गाउँपालिका र शुक्रबार भगवतीमाई गाउँपालिकाको काम हुने प्रशासनले जनाएको हो । त्यसैगरि नागरिकता प्रमाण पत्र सेवा बाहेकका अन्य सबै सेवाहरु सबै कार्यालय दिनमा प्रवाह हुने दैलेखका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जानकारी दिनु भयो ।

Image may contain: 1 person