Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

दलहरूकाे याे चालाले कहिले समृद्ध बनाैंला हामी

श्रीधर पाैड्याल

नेपालमा राजनीतिक शास्त्रले कल्पना गरेका सबैखाले राजनीतिक ब्यस्था अर्थात सानातिना गणराज्य (२२ से २४से) राज्य हुँदै जहानीया राणा शासनदेखिलिएर आधुनिक राज्यको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका अनुभबसमेत नेपाल र नेपालीले चाखे र चाख्दै छन । भलै ती स्वादहरु कोहि हामीले पढेर, सुनेर, देखेर, लेखेर लियौँ होला भने कोहि ब्यहोरेर, परेर र भोगेर, सबै तरिकाले लियौँ तर पनि बिडम्बना कुनै पनि राज्य ब्यबस्थाले हामीलाई पार लगाएन ति सबै प्रयोगशालाका प्रयोगात्मक केमिकलका रुपमा रहे तिनले परिणाम नदिएपछि राजनीतिक प्रयोगशालामा सबै व्यवस्था आए गए । मुट्ठीभरका केहि ब्यक्ति र वर्गबाहेक गणराज्यका रैतिदेखि लोकतन्त्रका नागरिक हुँदासम्म हाम्रो आर्थिक, राजनैतिक, सामाजिक, आर्थिक,चेतना, स्वास्थ्य , सभ्यता, रोग, भोक र शिक्षामा ति कुनैपनि ब्यवस्थाले तात्विक परिवर्तन ल्याएनन । जसका कारण जहानिया शासनदेखि लोक तन्त्रसम्म पनि नेपाली नेताहरुका लागि राजनीतिक प्रयोगशालाबाट अस्विकार्य भए । फलत हामी जस्तो अबस्थामा थियौँ त्यस्तै अबस्थामा रयौँ रहन बाध्य भयौँ । खासै परिवर्तन आउन सकेन ।

हामीभन्दा पछिका कैयौँ मुलूक विकासको चर्मचुलिमा पुगि सकेका छन । तर हामी भने एउटा हरुवा जुवाडेले जुवा जित्न ठाउँ सारेको सार्यैझैँ गरि राजनीतिक प्रणाली फेरेको फेर्यै गर्न जनतालाई सडकमा उतारेको उतार्यै भयौँ । नेताहरुमा देश र जनताको हितमा सोच्नेभन्दा पनि पारिवारिक राजनितिक स्थायित्व जमाउने आँफू स्थापित हुने र भ्रष्टाचारलाई आफ्नो र आफ्नो पाटिको स्थायी सम्पत्तीको श्रोत मान्ने प्रवृतिले गर्दा जनता रैतिबाट नागरिकसम्म भए तर विकास र समृद्धि उनको छेउछाउमै आउन पाएन । अस्थिर राजनीतिका कारणनै होला यति छोटो अबधिमा सबैखाले राजनीतिक प्रणालीको अनुभब लिन हामी बाध्य भयौँ जसले गर्दा विकास र समृद्धि हाम्रा लागि आकाशको फल हुन पुग्यो । वि.सं. १९८७ देखिको जहानीया शासनबिरुद्धको लडाइले २००७ सालमा प्रजातन्त्र त आयो तर आफ्नै पार्टिभित्रका खुराफाती नेताहरुको सहयोगमा २०१५सालको निर्बाचनमा २ दुईतीहाइका सरकारका प्रधानमन्त्री वीपी कोइरालालाई अपदस्तगरि राजा महेन्द्रले २०१७ सालमा जहानिया शासनको रुपमा पन्चायति ब्यबस्थालाई ल्याए । तर पनि प्रजातन्त्रका हिमायति वीपी कोइरालाको संघर्षशिल नेतृत्वसँग गणेशमान र किशुनजी जस्ता राजनीतिक उत्तराधिकारीका कारण २०४६सालमा देशमा पुनः प्रजातन्त्र आयो । ०४७ को निर्वाचनपछि काँगे्रस एमाले हुँदै बाँडिबाँडि पन्चहरुको हातमा समेत शासनसत्ताको बागडोर गयो ।

वीपी कोइराला जस्तो सक्षम राजनीतिज्ञका अनुयायीहरुको हातमा जनताले सत्ता सुम्पँदासमेत शासन सन्चालन गर्न नजान्नु र परिवारवाद भित्रको खिचलो र कोइरालाहरुको परिवारवादले काँगे्रसपार्टि नै फुट्यो ।यहीबीचमा भएको दरवार हत्या काण्ड र राजाबनेका ज्ञानेन्द्रले दलहरुको लडाइँको फाइदा लिएर फेरि ०१७साल देहो¥याए । यसबीच सत्ता र राजनीतिक मुलधारबाट बाहिर रहेको नेकपा माओवादिले एमाले,काँगे्रस र पन्चहरुको सरकारले देशको ढुकुटि सिध्याइ सकेको र आँफूहरु पछि परेको अनुभूति गर्दै जनसत्ताका नाममा २०५२सालमा ५नं प्रदेशका दूरदराजका गाउँ गाउँबाट एमाले, काँगे्रस कार्यकर्ता, कर्मचारी, शिक्षकलगाएत जो कोहिलाई भागाभाग पार्दै विस्थापित गराउन, श्रमशिविरमा लगेर प्रताडना दिन र अन्तत ज्यानैलिन माओवादि तम्सिए अन्तत दलहरु माओवादिसित डराएर उनीहरुसित सम्झौता गर्न बाध्य भए भने युद्ध लामो समय चल्न सक्ने र लडाकुहरु कतिसम्म टिक्ने भन्ने दोधारकाबीचमा अन्ततःमाओवादि पनि रक्तपातको लडाइँ छोडन तयार भयो ।

दुबै दलकाबीचमा सहमती गर्दै राजाफाल्ने र गणतन्त्रको घोषणासँगै संविधानसभाबाट संविधानलेख्ने कुरामा भएको सहमतिपछि माओवादिकै आडमा ६२र६३को आन्दोलन सफल भयो । तत्कालीन प्रम गिरिजा प्रसाद कोइरालाले आन्दोलन सफलताको श्रेय सबै माओवादि अर्थात प्रचण्डलाई दिएर काखिच्यापे । समानता र सहमतिको आधारमा चुनाबबिना नै माओवादीहरु सत्तामा पुगे । यतिबेलासम्म अन्य दल (काँग्रेस एमाले) सरह माओवादिको हैसियत गिरिजाले गराइ दिइसकेका थिए । सत्ताको स्वाद चाखि सकेका प्रचण्ड, बाबूराम, महरा,लगायतले कुर्चिमा बसेर र उनका कार्यकर्ताले नेता सत्ताँ गाको कारणले ब्रहमलुट गर्न सिकि सकेका थिए । फलत उनीहरुलाई कुर्चि मोह र भ्रष्टाचारको मोहले यति गाँज्यो कि उनिहरुमा पनि सत्तामा गएका र नगएकाबीच ठूलो शितयुद्ध चर्कियो । प्रचण्ड एकातिर र मोहन वैद्यको समूह अर्कोतिर भयो ।

ढुकुटिको स्वाद पाएका र नपाएकाबीचको लडाइँले सत्तामा गएका प्रचण्ड लगाएतका मान्छेहरु भ्रष्टाचारमा यसरि लिप्त भएकि त्यो देखेर एमाले काँग्रेसहरु आँफूपनि पछि परिन्छकि भनेर कसरी हुन्छ देशलाई लुटने बाटोकोमात्रै खोजी गर्न थाले । भ्रष्टाचार लुछाचुँडिकै कारण वीपी कोइरालाजस्तो नेताले स्थापना गरेको पार्टि र त्यसका नेताहरु वीपीकोइरालाको नाम भजाउँदै भ्रष्टाचार गर्न थाले । जसले गर्दा नेपालको प्रजातान्त्रिक ब्यवस्था पतनोन्मुखतिर अघि बढन थाल्यो । उनीहरुले आफ्रनो नेताले लिएको जस्तो सोचलाई ब्यबहारिकतामा बदल्न र निस्वार्थरुपमा जनतालाई समृद्ध गराउने सोच लिएको भए ०४६ पछि सबैभन्दाबढि शासन सत्ता सम्हालेको काँग्रेसले पुन प्राप्त प्रजातान्त्रिक प्रणालीलाई जनजनको चरित्रमा उतारेर यो व्यवस्था नै अहिलेसम्म कायम राख्न सक्थ्यो । र अहिलेसम्म देश धेरै अघि बढन सक्थ्यो । रोजगारी कालागि युवाहरु वदिेश पलायन हुनु पर्थेन । नत रेमिट्यान्सको भरमा नेपालको अर्थतन्त्र चलायमान हुनु पर्दथ्यो । न यस्तो विजोगको अबस्थामा जनता र देश पुग्ने थियो । काँग्रेसीहरु सुमति र सत्चरित्रकासाथ अघि बढेका भए चुनाबमा कम्युनिष्टहरुले यसरी २ तिहाइ मत ल्याउने अबस्थानै आउने थिएन । देशको पहिलो र जनताले अभिभावक मानेको पार्टीका नेताहरुले जनताप्रति गरेको विश्वासघात र गद्धारिको परिणाम नै २०७४को निर्वाचनमा कम्युनिष्टहरुले प्राप्त गरेको मत हो भन्नलाई काँग्रेसीहरुले लाज मान्नु हुँदैन ।

अहिले काँग्रेस आफ्नै कारणले सत्ताबाहिरछ । ढुकुटिमा हालिमुहालि गर्ने पालो कम्युनिष्टको आएकोछ । देशमा जताततै अराजकता र बेथिति मौलाएको छ । भ्रष्टाचारले सरकारका सबै अंग थिलोथिलो भएर पाकेर गन्ध आउन थालेका छन । सरकारले गर्ने हरेक निर्णय विवादित छन । सरकारको यस्तो बेथितिपूर्ण रबैयाले गाँजेको बेलाको मौका छोपेर दक्षिण र उत्तरका छिमेकिले सीमा कब्जा गरिरहेका छन । अहिले कम्युनिष्टकोे राष्ट्रवाद च्याट भएको चंगाको अबस्थामा छ ।

कोरोनाको संक्रमणले आहत बनाएको अर्थतन्त्रलाई कृषिका माध्यमले मल्हम लगाउने डिङ हाँकेको सरकारले कसिानलाई खेतमा हाल्ने मलै दिन सकेन । आफन्तवादका नाममा चलेको सरकारले प्रचण्डको घरबेटिलाई मल ढुवानिको ठेक्का दिएकोमा उनले मलनै ल्याइ दिएनन । उल्टै ढुवानी अनुदान खाएर प्रचण्डको नाम रोशन गराएर बसेका छन । अहिले योजना,आयोजना र विकास भन्नेकुरा शून्यमा छन । किशानले आफनो खेतिबालीमा मल समेत हाल्न पाएनन । किसान रोइरहेका छन तर ओली सरकार भने आँफूलाई किसानको सरकार भन्दै चिच्याकल्लो गर्दैछ । मलको अभावमा धानको उत्पादन आधाभन्दा घटने अनुमान विज्ञहरुले गरिरहेका छन तर पनि प्रधानमन्त्री मुलुक समृद्धितिर बढिरहेको नारा लाउन छोडदैनन । अहिले देशमा लोकतान्त्रिक गणतन्त्रको नाइके भएर कम्युनिष्टहरुले शासन गरि रहेका छन । यिनिहरुको शासन गराइले यो ब्यवस्था पनि टिक्ला जस्तो देखिएन । बाँकि अबको २ बर्ष सरकार यसरी नै चल्यो भने सरकारी ढुकुटि रित्तिने निश्चितछ । चारैतिरबाट भ्रष्टाचारको हात फैलाउनेहरुले मात्रै नपुगेर ढुकुटिको हिस्सेदार कम्युनिष्ट कार्यकर्तालाई बनाउन मासिक १५ हजारका दरले तलब दिनेबजार हल्ला आएकोछ । सम्वैधानिकदेखि कानूनि बेथितिहरु बढतै गएर जनतालाई गरिविले च्याप्दै गयो खान लाउन नपाउने स्थिति आयो भने जनता निश्चयपनि एकदिन सडकमा आउँछन । त्यसबेलापनि हिजोका जस्तै गरि ब्यबस्था परिवर्तनकै लडाइँ हुने होला । अनिफेरि देशलाई राजनीतिको प्रयोगशाला हुनबाट कल्ले रोक्न सक्छ र हामी सुखी र समृद्ध बनौँला । नेपालीलाई सुखि र समृद्ध बनाउन सपना बोकेका मान्छे यो धर्तिमा जन्मेकै छैनन होला । सायद उनको पर्खाइमा बस्दाबस्दै हामी कति चिहान भई सक्छम कस्ले पो भन्न सक्छ र !