Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

कोरोनाका कारण क्याम्पस प्रमुखको निधन

बर्दिया ।

बर्दियामा कोरोना भाइरसका कारण क्याम्पस प्रमुखको निधन भएको छ । बर्दियाको गुलरियामा रहेको बबई बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख विनोद अग्रवालको शनिवार दिउँसो निधन भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

   कोरोनाका कारण क्याम्पस प्रमुखको निधन

होम आइसुलेसनमा बस्दै आउनु भएका अग्रवालको आज स्वास्थ्य अवस्था विग्रिएपछि एम्बलेन्स मार्फत नेपालगञ्ज लगिएको थियो ।  अग्रवालको २ः२५ वजे मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । कोरोना विशेष अस्पतालको गेट भित्र प्रवेश गरे लगत्तै उहाँको मृत्यु भएको बताइएको छ ।

क्यान्सरसंग लडिरहनु भएका अग्रवाल भारतको दिल्लीबाट एक हप्ता अघि मात्र फर्किनु भएको थियो । उहाँको स्वाव परीक्षण पोजेटिभ देखिएको थियो ।