Loading... आजः ३० श्रावण २०८३, शनिबार । Saturday 15th August 2026

पछिल्लो २४ घण्टामा ११२६ जनाले कोरोना संक्रमण मुक्त

हाल सम्म ६८६६८ जनाले संक्रमणलाई जिते

काठमाडौँ |

पछिल्लो २४ घण्टामा थप १,१२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६८ हजार ६६८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

No photo description available.

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको थियो ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

Image may contain: text