Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  

कक्षा १२ को परीक्षा छठलगत्तै

परीक्षा तालिका दसैंअघि नै सार्वजनिक हुने

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठ लगत्तै हुने जनाएको छ। बोर्डका अनुसार मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुनेछ । अध्यक्ष चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएको बताए । उनका अनुसार छठलगत्तै परीक्षा लिनेगरी तयारी थालिएको छ ।

बुधवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीनै तहले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षा सञ्चालनको स्वीकृति दिएको जानकारी दिएका थिए। मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो।

परीक्षा तालिका र मोडालिटी एक–दुई दिनमै सार्वजनिक गरिने

बोर्ड अध्यक्ष पौडेलले परीक्षा तालिका र मोडालीटीबारे एक–दुई दिनमा निर्णय सार्वजनिक गरिने बताए। दसैंअघि नै परीक्षा तालिका र मोडालिटी कस्तो हुने भन्नेबारे निर्णय गरेको पौडेलको भनाई छ । उनले छठलगत्तै परीक्षा लिने गरि तालिका सार्वजनिक गर्ने बताए ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा मोडालिटीबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई विकल्प पेश गरेको थियो जसमा पहिलो विकल्पमा परम्परागत रुपमा नै चरणबद्ध परीक्षा लिइने उल्लेख छ। जसमा कोरोना महामारी कम भएका जिल्लाहरुमा भौतिक दूरी कायम राखेर तथा स्वास्थ्यका मापदण्ड पुरा गरेर परीक्षा लिइनेछ। दोस्रो विकल्पमा १०० पूर्णांकको लिखित परीक्षा नलिइ केही प्रतिशत लिखित र केही प्रयोगात्मक लिने सुझाव पनि पेश गरेको थियो ।

नेपाल लाइभबाट साभार ।