सरकारी सवारी साधन दुरुपयोग रोक्ने प्रयास
सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सरकारी सवारी साधन अनुमति नलिई नचलाउन सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत रामबहादुर बुढाद्वारा हस्ताक्षतिर सूचनामा भनिएको छ, ‘सरकारी सवारी साधनहरु सार्वजनिक विदाका दिन सम्बन्धित निकायको अधिकारीबाट सवारी पास अनुमति नलिई संचालन गरेको अवस्थामा तथा सवारी साधनको सुविधा प्राप्त कर्मचारी÷पदाधिकारी बाहेक अन्य व्यक्तिहरु सवार भएको पाइएमा कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
सुर्खेतमा सरकारी सवारी साधनको विदाको दिनमा पनि निर्वाध चल्ने र सम्बन्धितहरुले आफ्नो व्यक्तिगत कामका लागि समेत प्रयोग गर्दै आइरहेका छन् ।







