Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सिमानामा विमोचन भयो ‘सिमाना’ मुक्तक संग्रह

बाँके ।
साहित्यकार महानन्द ढकालको नविनतम् कृति सिमाना मुतmक सङ्ग्रह नेपाल–भारतको सिमाना बाँकेको जमुनाहा दशगजा क्षेत्रमा विमोचन गरिएको छ ।

Image may contain: one or more people, people standing and outdoor
कार्यक्रममा उपस्थित साहित्यकारहरु केशव सिग्देल, सन्तोषी विष्ट, कपिल अन्जान, बद्रि ढकाल हिरामणी, विक्रम शिशिर, सुमित्रा न्यौपाने, केशव निमेश, उषातानी सुवेदी र कृतिकार महानन्द ढकालले दशगजा क्षेत्रमा उभिएर संयुक्त रुपमा सिमाना मुक्तक सङ्ग्रहको विमोचन गरेका हुन् । झण्डै तीन दशकदेखि साहित्य साधनामा क्रियाशील ढकालको यो पाँचौ कृति हो ।

देश काल परिस्थितिलाई राम्रोसँग बुझेका ढकालका यस कृतिमा समेटिएका धेरै मुक्तकहरु देशप्रेमले भरिएका छन् । पटक पटक हुने सीमा माथिको अतिक्रमणले हरेक लेखकको मन छुने हुनाले ढकालले पनि सामाजिक विकृति, विसंगति एवम् सिमा रक्षाका लागि लेखिएका मुक्तकहरुलाई सिमाना मुक्तक सङ्ग्रहमा सङ्ग्रहित गरेका हुन् ।

No photo description available.
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका ढकालले ‘खण्डित आत्मा’ गजलसङ्ग्रह , ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु’ संयुक्त गजलसङ्ग्रह र ‘अव्यतm प्रत्यासा’ गजलसङ्ग्रह र ‘घाम उदाए’ हाइकुसङ्ग्रह पछि पाँचौ कृतिको रुपमा सिमाना मुक्तक सङ्ग्रह लिएर आएका हुन् । यो मुक्तक सङ्ग्रह सिमाना हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशन गरेको हो । विभिन्न कृतिहरु प्रकाशन गरेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले यस पटक फरक तरिकाले कृतिको विमोचन गरेको छ । सीमासँग सम्बन्धित पुस्तक भएकोले संस्थाका अध्यक्ष महानन्द ढकालको कृतिको विमोचन सिमाना मै गर्ने निर्णय गरिएको बताए ।

(८७।१३) पृष्ठमा समेटिएको मुक्तकसङ्ग्रहमा सङ्कलित हरेक मुक्तकहरुको शब्द चित्र कलाकारहरु बिक्रम शिशिर र आयुष्मा ढकालले कोरेका हुन् । कृति आवरण बरिष्ठ कलाकार देवेन्द्र थुम्केलीको रहेको छ ।

कृति विमोचन पश्चात साहित्यकारहरु सकारात्मक सन्देश प्रवाह गर्नका लागि भारतको लक्ष्मणपुर बाँधका कारण प्रत्येक वर्ष डुवानमा पर्ने नेपालको अत्यन्तै प्रभावित राप्ती पारीका क्षेत्रहरुसम्म पुगेका थिए ।