जिल्ला प्रशासन दैलेखको नियमित सेवा प्रवाह बन्द
सुर्खेत ।
कोरोना भाइरसको संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय दैलेखले नियमित सेवा प्रवाह बन्द गरेको छ ।
कार्यालयका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकाले कर्मचारीबाट समुदायस्तरमा र संक्रमित सेवाग्राहीबाट कार्यालयका कर्मचारीलाई हुन सक्ने संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोलि १६ गतेदेखि अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण नियमित सार्वजनिक सेवा प्रवाह अर्को सूचना प्रवाह नभएसम्म बन्द रहने प्रशासनले जनाएको छ ।







