Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

विवादमा पर्यो ‘बाहुबली’ निर्देशकको फिल्म ‘आरआरआर’

‘बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ चर्चामा छ । छायांकन नसकिदै प्रतिक्षामा रहेको यो चलचित्र विवादमा घेरामा परेको छ । तेलंगनाका वीजेपी नेता बादी संजयले चलचित्रका निर्देशकलाई धम्की दिएका छन् । चलचित्रमा कोमराम भीमको प्रस्तुतीमा उनले आपत्ती जनाउँदै निर्देशकलाई धम्की दिएका हुन् ।

चलचित्रका मुख्य नायक जुनियर एनटीआरको लुक्स केही दिन अगाडि सार्वजनिक गरिएको थियो । चलचित्रमा एनटीआरले कोमराम भीमको भूमिका निर्वाहा गरेका छन् ।

यसमा उनले कुर्ता पायजामा र मुस्लिम टोपी लगाएका छन् । वीजेपी नेताले फ्रीडम फाइटर भीम र उनको पहिरनको बिषयमा प्रश्न उठाएका छन् । राजामौलीले चर्चा बटुल्नकै लागि भीमलाई मुस्लिम टोपी लगाइदिएको उनको तर्क छ ।

भीमको लुक्सलाई फेरि छायांकन नगरेको खण्डमा चलचित्र रिलिजको समयमा समस्या हुने चेतावनी उनको छ । उनले, आदिवासी नृेतालाई सुरमा, मुस्लिम टोपी र कुर्ता पायजामामा देखाउनु गलत भएको टिप्पणी गरेका छन् । राजामौलीले भीमको पहिरन परिवर्तन नगरेको खण्डमा चलचित्र रिलिजको समयमा हलमा आगो लगाइदिने चेतावनी उनको छ ।

यो चलचित्रमा जुनियर एनटीआरको साथमा राम चरण, आलिया भट्ट, अजय देवगण, श्रिया सरनको मुख्य भूमिका छ । सन् २०२१ को जनवरी ८ मा यो चलचित्र तेलुगु, मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज हुँदैछ ।