Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि

काठमाडौं ।

नेपालमा कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।

उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् ।