Loading... आजः १३ बैशाख २०८१, बिहीबार । Thursday 25th April 2024

प्रचण्डको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  एकताको गम्भीर मोडमा पुगेको नेकपा नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भएको छ ।

सामाजिक संजाल फेसबुक मार्फत मुख्यमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको बताउनु भएको छ ।

 उहाँले अध्यक्ष प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन अनुरोध समेत गर्नुभएको छ ।

व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न समेत नेता पोखरेलको अनुरोध छ ।