Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

कलाकार मनोज गजुरेल डिस्चार्ज

काठमाडौं ।

कोरोना भाइरस संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।  कलाकार गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसिरहनु भएको गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

गजुरेल आफैंले डिस्चार्ज भएको खबर सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।