Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

हुम्ला जिल्ला अस्पताल सिल

हुम्ला |

हुम्ला जिल्ला अस्पतालमा कार्यरत एकजना डाक्टरलाई कोरोना संकमण देखिएपछि अस्पताल सिल गरिएको छ । 

अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरिएको जनाएकाे छ ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरिएको छ ।