Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

अमृत शर्मा ढकालको गीत कृति ‘लजालु पहाडहरु’ विमोचन

नेपालगन्ज ।

साहित्यकार अमृत शर्मा ढकालको गीत कृति ‘लजालु पहाडहरु’को विमोचन गरिएको छ। नेपालगन्जमा आज एक कार्यक्रमका बिच विमोचन गरिएको हो।साहित्यकार प्राज्ञ सनत रेग्मीले कृतिको विमोचन गर्नुभएको हो।

९१पृष्ठको उक्त गीत कृतिमा ६७ वटा गीतहरु समाबेश छन् । मध्य पश्चिम श्रष्ठा समाजका कार्यबहाक अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार अबदुल लतिफ शौक,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सिना ,वरिष्ठ लोक गायक कमल बिक ‘निर्मोही’ लगायतका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कृति माथि साहित्यकार भोज राज शर्मा ‘नादिर’ ले टिप्पणी गर्नुभएको थियो। कार्यक्रम सन्चालन साहित्यकार बिपी अस्तुले गर्नुभएको थियो।