डा. पूजा सम्मानीत
- 1.9Kshares
- Viber
- Facebook Messenger
सुर्खेत ।
दैलेखको दूल्लु अस्पतालमा कार्यरत डा. पूजा बि.सी. सम्मानीत हुनु भएको छ । कोरोना महामारीको समयमा पनि अहोरात्र खटेर स्वास्थ्य सेवामा उल्लेख्य योगदान गरेको भन्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले उहाँलाई सम्मान गरेको हो ।
कर्णाली प्रदेशका नागरिकहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न डा. पूजाले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानित गरिएको र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिनुभयो ।
यो सम्मानले आफूलाई अझ पेशाप्रति कटिवद्ध भएर लाग्न हौसला प्रदान गरेको र आफ्नो क्षेत्रमा थप जिम्मेवारीको महसुस भएको डा. पूजाले बताउनु भयो ।
- Total: 1.9K
- Viber
- Facebook Messenger