Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

नेकपा बैठकमा अध्यक्ष ओली अनुपस्थित

स्थायी कमिटी बैठक पनि सर्‍यो

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् ।

सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।