Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सुर्खेतमा पनि लाग्यो ‘राजा आउ देश बचाउ’ को नारा

भिडियोसहित

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि राजा आउ देश बचाउको नारा लागेको छ । हिन्दु राष्ट्र राजसंस्था पुर्नस्थापना संघर्ष समितिले आयोजना गरेको ¥यालीमा यस्तो नारा लागेको हो ।

नेपाललाई राजनीतिक आन्दोलनबाट गणतन्त्र बनाइएको धर्म निरपेक्ष बनाइएको भएपनि राजावादी दलहरुले देशमा राजसंस्थाको पुर्नस्थापना गर्नुपर्ने र हिन्दु राष्ट्रको घोषणा गर्नुपर्ने बताउँदै आएका छन् ।


 

पछिल्लो समयमा राजनीतिक दल र तिनका नेताहरुले देशलाई सुशासन तिर लैजान नसकेको र देशमा मौलाउँदो भ्रष्टचार तथा धर्मप्रतिको आक्रमण भएको भन्दै राजावादीहरुको चलखेलहरु हुन थालेको छ ।

राजाको समर्थनमा हुन थालेका देशव्यापी जुलुस तथा ¥यालीलाई समान्य रुपमा लिन नहुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका छन् ।