Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

योगेश भट्टराईले भने ‘केपी ओलीले जनतालाई धोका दिए’

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा युवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा नेकपा (प्रचण्ड–माधव) सूमहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई धोका दिएको बताउनु भएको छ ।

Image may contain: 7 people, including Dhruba Kumar Shahi
नेता भट्राइले भन्नुभयो, केपी ओलीले प्रतिनिधि सभा विघटनन गरेर कम्युनिस्ट आन्दोलनमा दाग लगाए । आइतबार सुर्खेतको वीरेन्द्रनगमा प्रचण्ड–माधव समूहका युवाहरुले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफनो व्यक्तिगत स्वार्थका लागि नेपाली जनतालाई धोका दिएको बताउनु भएको हो ।

‘ओलीले व्यक्तिगत स्वर्थका लागि कम्युनिस्ट आन्दोलनलाई नै विभाजन गर्न खोजेका छन्, इतिहासमा यस्ता नेता आउँछन् जान्छन्,’ ‘कमरेड ओलीलाई यादहोस्, हिजो केशरजंग रायमाझीले गद्दारी गर्दा कम्युनिस्ट आन्दोलन झनै एकताबद्ध भएको थियो ।’ उहाँको कथन थियो । नेता भट्टराईले यतिबेला मुलुक गम्भीर मोडमा पुगेको भन्दै युवाहरुलाई विवेक पु¥याउ आग्रह गर्नुभयो ।

Image may contain: 3 people, people dancing, people sitting and crowd
उहाँले भन्नुभयो, ‘म यूवाहरुलाई आग्रह गर्न चाहन्छु, तपाईंको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको हैन्, विवेक पु¥याउनुहोस्, सही गलत छुट्याउनुहोस्, तपाईंको नेताले गद्दारी गर्छ र, त्यसैलाई जिन्दावाद भन्दै हिड्ने तपाईं कस्तो युवा हो ?’

दलसम्बन्धी व्यवस्था अनुसार निर्वाचन आयोगले आफूहरुलाई नै चुनाव चिन्ह सूर्य दिनेमा ढुक्क रहेको नेता भट्टराईले बताउनु भयो । ‘आधिकारीक पार्टी हामी नै हौं, सूर्य चिन्ह हाम्रै हो,’ म यहीँबाट निर्वाचन आयोगलाई सोध्न चाहान्छु, ४३७ जनाको संख्यामा ३०० संख्या बहुमत हो कि अल्पमत हो ? आयोगले हामीलाई नै आधिकारीता दिनेमा हामी ढुक्क छौं ।’

Image may contain: 6 people, indoor
अझैपनि समय नबितेको भन्दै प्रधानमन्त्री ओलीलाई गल्ती महसुस गरेर फर्किन समेत उहाँले सुझाउनु भयो । ‘यदि तपाईं प्रयाश्चित गर्नुहुन्छ, गल्ती स्वीकारर्नु हुन्छ र अब फेरी एकताबद्ध भएर जाउँ भन्नुहन्छ भने तपाईं सूर्य चिन्हबाट चुनाव लड्न पाउँनु हुन्छ,’ समय बितेको छैन, अहिल्यै फर्किनुस्, समय बितेपछि फर्किने तपाईंलाई ठाउँ हुने छैन नेता भट्टराइको कथन थियो ।