Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

सुर्खेतमा पनि मनाइयो पृथ्वीजयन्ती

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।


आज सुर्खेतमा राप्रपा नेपाल सुर्खेतको आयोजनामा पृथ्वी जयन्ती मनाईएको हो । राप्रपाले पृथ्वी नारायण शाहको फोटो राखेर ¥याली निकाल्दै नगर परिक्रमा गराएको थियो । मंगलगढि चोकबाट निकालिएको ¥याली आँखा अस्पताल हुँदै वीरेन्द्रचोकमा आएर सभामा परिणत भएको थियो ।

¥यालीमा सहभागीहरुले ‘राजा आउ देश बचाउ’ राजतन्त्र जिन्दावाद’ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह अमर रहुन्, राष्ट्रिय एकता दिवस सफल पारौं, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दुराष्ट्र कायम गरसहितको नारा लगाएका थिए ।


सभामा बोल्ने वक्ताहरुले गणतन्त्र र संघियता खारेज गरेर २०४६ सालको संविधान लागू गर्नुपर्ने, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने धारणा राखेका राखेका छन् ।