Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

नेकपा कर्णाली प्रदेश सभा दलले भन्यो ‘प्रतिनिधिसभा विघटन असंवैधानिक’

सुर्खेत ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएको छ । प्रदेश सभा संसदीय दलका नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षता तथा नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माको विशेष उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिनुभयो ।

यसका साथै पार्टीको विभिन्न तहद्वारा आयोजित संघर्षका कार्यक्रमहरुलाई प्रभावकारी बनाउने गरि आ आफ्नो क्षेत्रमा सक्रिय रुपले परिचालित हुने निर्णय गरेको छ भने कर्णाली प्रदेश संसदीय दलका सदस्य तथा कर्णालीका सामाजिक विकास मन्त्री दल रावल कोरोना पोजेटिभ भइ विरामी भएकोले स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

No description available.