Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

अनाथ बालिकालाई नगद वितरण

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा रहेको जनजागृती प्राथामिक विद्यालय पदमपुरमा असहाय बालिकालाई नगद वितरण गरिएको छ । हाल अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाको आर्थिक सहयोगमा स्थापना भएको धर्म जयन्ती अक्षयकोषबाट आएको व्याजबाट २ जना असहाय २ जना बालिकालाई जनही ३ हजार ५ का दरले नगद वितरण गरिएको उक्त विद्यालयका प्रधानाध्यापक ज्ञानु गैरेले जानकारी दिइन ।

No description available.
उक्त विद्यालयमा अध्ययनरत ५ जना बालबालिकाहरुको सम्पूर्ण खर्च जयन्ती थापाले व्यहोरेकी छन् । छोरीको उक्त समाजसेवाका कारण असहाय बालबालिकाहरुले अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गर्दै जयन्तीका बुबा धर्मजंग थापाले समाज परिवर्तन गर्नु भनेको ठूलै धनराशी खर्च गर्नु मात्र नभई दुःखी असहायहरुप्रति सानो सेवा गर्नु पनि रहेको बताए ।

No description available.
उक्त अक्षयकोषबाट आउने व्याज प्रत्येक वर्ष वितरण गरिने कार्यक्रम अनुसार यस वर्ष कक्षा ३ मा अध्ययनरत वर्षा बुढा र कक्षा १ मा अध्ययनरत सीता सोनीलाई अक्षयकोष स्थापनादाताका बुबा धर्मजंग थापाको हातबाट वितरण गरिएको प्रधानाध्यापक गैरेले जानकारी दिइन ।

No description available.