Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा प्रकाश शाही

सुर्खेत ।
मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाको २० औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रकाश शाहीको सभापतित्वमा १२ सदस्यीय सुर्खेत शाखा समेत गठन गरेको छ । जस अनुसार सभापतिमा प्रकाश शाही, उपसभापति प्रेम भण्डारी सचिव दीपक गौतम कोषाध्यक्ष मीरा पन्त सहसचिवमा सन्तोष शर्मालाई चयन गरेको छ ।


यसैगरि सदस्यहरुमा भीम राना, सम्झना बुढा, दीपा चन्द, रणबहादुर खड्का, गंगा न्यौपाने, पदम खनाल र दानबहादुर रोकायलाई चयन गरेको सभापति प्रकाश शाहीले जानकारी दिए । सबै पदाधिकारी निर्वारोध चयन भएका थिए । ३ जना सदस्य भने पछि मनोनीत गरिने सभापति शाहीले बताए ।

अधिवेशनको पूर्वसन्ध्यामा मंगलबार साँझ शान्ति काव्य प्रवाह र बुधबार दिउसो पनि विविध कार्यक्रम गरिएको थियो । काव्य प्रवाहमा ३ दर्जन बढि साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रममा मानव अधिकारका अगुवा कृष्ण पहाडीले सभालाई सम्बोधन गरेका थिए भने कवि अर्जुन पराजुलीले कविता वाचन गरेका थिए ।