हाम्रो पूर्णिमाको अध्यक्षमा कपिल
सुर्खेत ।
बाँकेकोे हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको चौथो साधारणसभाबाट कपिल अञ्जान सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ । संस्थाको चौथो साधारण सभाले अञ्जाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

यसैगरि साधारण सभाले प्रदीप भट्टराई र सुमित्रा न्यौपानेलाई उपाध्यक्षमा चयन गरेको छ भने बद्री ढकाल सचिव खोपीराम वली सहसचिव प्रकाश मरासिनी कोषाध्यक्ष पदमा चयन हुनुभएको छ । साथै सदस्यहरुमा विक्रम शिशिर, मणि प्रसाद गैरे, हेम प्रकाश मंजील, बिमला कुमारी खत्री, निरन्जना चन्दलाई चयन गरेको छ । २ जना सदस्यहरु भने कार्यसमितिले मनोनित गर्ने वैधानिक प्रावधान रहेकोे बताइएको छ ।

विगत २०६८ देखि हालसम्मको तेस्रो कार्यकालको नेतृत्वमा महानन्द ढकालले गर्दै आउनु भएको थियो । साधारण सभाको अवसरमा निवर्तमान अध्यक्ष ढकालले सहयोग गर्ने कार्यसमितिका साथीहरू र अन्य संघसंस्था र व्यक्तिहरुप्रति आभार व्यक्त गर्नुभएको छ । नयाँ उर्जा सहितको नयाँ कार्यसमिति बनेको बताउँदै यस कार्यसमितिले नेपाली भाषा, साहित्य तथा कलाको क्षेत्रमा महत्वपूर्ण र ऐतिहासिक काम गरेर हाम्रो पूर्णिमा तथा यस क्षेत्रको साहित्यिक ओझ र गरिमालाई बढाउने आशा र शुभेच्छा प्रकट गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् साहित्यकार डा.मधुसुधन गिरिले हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सिना, सर्वदा साहित्य समाजका अध्यक्ष खगेन्द्र गिरि कोपिला, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्र ऋषि चौलागाईं, प्रलेस बाँकेका अध्यक्ष पंकज श्रेष्ठ, धरा, भाषा, साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष ईश्वरी प्रसाद रिजाल, छन्द कवि इन्द्रराज पौडेल, साहित्यकार इन्द्र भण्डारी, कोनपा १० का अध्यक्ष निरज चलाउने, लगायतको उपस्थिति रहेको थियो ।
बन्दसत्रको निर्वाचन मण्डलमा साहित्यकार हरि सुवेदी, दामोदर पौडेल, विष्णु पादुका रहनुभएको थियो भने समन्वय हरि प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।









