शहिद दिवसको अवसरमा विद्यार्थीलाई नगद हस्तान्तरण
सुर्खेत ।
शहिद दिवसको अवसरमा विद्यार्थीलाई नगद हस्तान्तरण गरिएको छ । हाल अमेरिकामा रहँदै आउनु भएकी समाजसेवी जयन्ती थापाले सुर्खेतको अमर ज्योति नमुना मावि नेवारेमा स्थापना गरेको अक्षयकोषको व्याज हस्तान्तरण गरिएको छ । थापाको सहयोगबाट स्थापना भएको तीन लाखको अक्षयकोषबाट प्राप्त भएको व्याज उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत कमला शर्मा, टीका वि.क., ज्योत्सना सुनार, कक्षा ९ मा अध्ययनरत झरना बुढा कक्षा ११ मा अध्ययनरत निर्मला वलीलाई ३/३ हजारका दरले वितरण गरिएको छ भने कक्षा ८ मा अध्ययनरत दृष्टि परियारलाई २ हजार गरी १७ हजार वितरण गरिएको छ ।

अमेरिकामा बसेर विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएकी जयन्तीको यो कार्यले कापी नहुनेले कापी किन्न पठाएका छन् भने किताब किन्न नसक्नेहरुले किताब किनेर शिक्षाको उज्यालो ज्योतिमा रमाउन पाएका छन् । उक्त रकम जयन्तीका बुबा धर्मजंग थापाको हातबाट वितरण गरिएको छ । छोरीको महान सोच र समाजसेवाको भावनाले आफूलाई गौरब लागेको जयन्तीका बुबा धर्मजंगले बताए ।
उनले सुर्खेत, रुकुम, कैलाली, चितवनलगायतका जिल्लाहरुमा अनाथ र विपन्न बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेकी छन् भने विभिन्न समयमा जोखिममा परेकाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेकी छन् ।









