Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

गुरुयोजना निर्माणका लागि अन्तरक्रिया

सुर्खेत ।
सुर्खेत क्याम्पस (शिक्षा)ले गुरुयोजनाा निर्माण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पनन गरेको छ । कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो ।


अन्तरक्रियामा उपस्थितहरुले क्याम्पसलाई कर्णाली प्रदेशको उत्कृष्ट शैक्षिक केन्द्र बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्याम्पस व्यवस्थापन समिति सदस्य नारायण सापकोटा स्वतन्त्र विद्यार्थी युनियन सभापति चक्र बहादुर शाही र सचिव हिक्मत बस्नेत तथा विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुले सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदी, आर्थिक तथा योजना मन्त्रालय सचिव घनश्याम उपाध्याय, पूर्व क्याम्पस प्रमुख द्वय महेन्द्र प्रसाद गिरी, पीताम्वर ढकालको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया क्याम्पस प्रमुख माधव खनालको अध्यक्षतामा भएको थियो सहजीकरण सहायक क्याम्पस प्रमुख राधा ढकालले गरेकी थिइन ।