Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

अर्गानिक कृषि दिवसको अवसरमा प्रभात फेरी

सुर्खेत ।
जिल्ला कृषि विकास कार्यालय हुम्लाले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ । कर्णाली प्रदेश सरकारले पहिलो बैठकमा २०७४ फागुन ६ गते कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।

उक्त निर्णय गरेको अवसरमा कर्णालीमा फागुन ६ गतेलाई अर्गानिक कृषि दिवसकै रुपमा मनाउन थालिएको छ । अर्गानिक कृषि र रैथाने बालीको संरक्षण तथा प्रवद्र्धन भन्ने मूल नाराका साथ कर्णालीले यस वर्षको अर्गानिक कृषि दिवस मनाएको छ ।

हुम्लाका विभिन्न सरोकारवालाहरुको सहभागीतामा प्रभात फेरी कार्यक्रम गरिएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख बखत बहादुर खड्काले क्वीकखबरलाई बताउनु भयो ।

यसका साथै उक्त कार्यालयले सरोकारवालाहरुसँग अर्गानिक कृषि सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियामा अर्गानिक कृषि र कृषि उपजका फाइदाहरुका बारेमा चर्चा परिचर्चा गरिएको थियो ।

No description available.

No description available.

No description available.

No description available.