Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

पुरै शरिर स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान दिने छु: काफ्ले

कालिकोट ।

युवा नेता, कवि तथा साहित्यकार दुर्गाप्रसाद काफ्लेले मरणोप्रान्त आफ्नो शरीर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई रिसर्चको लागि दान दिने घोषणा गर्नु भएको छ ।

कालिकोट जिल्ला महावै गाउँ पालिका वडा नं. २ मा बि. स. २०३९ साल फागुन ०७ गते वुवा महानन्द उपाध्याय र आमा गोरीकला उपाध्यायको कान्छो सन्तानको रुपमा काफ्ले जन्मिनु भएको थियो ।

आज परेको जन्मदिनको अवसर पारेर उहाँले मरणोप्रान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्नु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार डाक्टर विश्वराज काफ्ले सँग प्रारम्भिक सल्लाह भए बमोजिम आफ्नो शरीर रिसर्चको लागि दान दिने स्वघोषणा गर्नु भएको छ ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डाक्टरहरुले मरणोप्रान्त शरीरले स्वास्थ्य विज्ञानका क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धानका लागि भरपुर सहयोग पुग्ने विश्वास लिएका छन ।